काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा २ सय रुपैंयाँ घट्दै ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहिबार चाँदी प्रतितोलाको एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








