काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








