काठमाडौं । नेपालमा विभिन्न ठाउँमा भएको मध्यम तथा भारी वर्षाका कारण नदी आसपासका बस्तीमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
शनिबार कन्काई, कोशी, कमला, बागमती जलाधारका क्षेत्रमा वर्षाका कारण बहाब घटबढ हुने क्रम भइरहेका छन् । ती स्थानहरूमा विशेष सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।








