चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहा चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ । सगरमाथा मोबाइल हाउसमा गएराति चोरी भएको हो । चोरले करिब १२ लाख रुपैयाँ बराबरको मोबाइल , रिचार्ज कार्ड र नगद लगेको पसलका संचालक शंकर पौडेलले जानकरी दिए । चोरले बनाउन राखिएको आइफोन लगायत अन्य मोबाइल र मोबाइलको केहि पार्टस्हरु समेत लगेको छ । पसलको माथी रहेको जिप्सन फोडेर चोर तल झरेको अनी मोबाइल चोरी गरेको थियो । चोर कहाँबाट पसलभित्र पस्यो भन्ने एकिन हुन सकेको छैन । सटरको माथी रहेको सानो खाली ठाँउबाट चोरभित्र पसेको अनुमान गरिएको छ । सामान चोरी गरेपछि भित्री सटर खोलेर भित्र भित्र माथिल्लो तलामा गएर पछाडीको च्यानल गेटबाट बाहिर गएको थियो । उक्त पसलसँगै सांग्रीला बैंक र माथिल्लो तलामा सेन्चुरी बैंक रहेको छ । उक्त बैंकमा गार्ड बस्ने गरेका छन् । तर कसैले पनि राति केही थाहाँ नपाएको बताए ।








