काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको हाे ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








