काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सयले घटेर ९० हजार ६ रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








