चितवन । नारायणगढ राउण्ड टेबल १४ ले चितवन प्रहरीलाई सेनिटाईजर सहयोग गरि हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक कार्य गर्दै राउण्टले यो पटक भने चितवन प्रहरीलाई ४ सय ५० थान सेनिटाईजर सहयोग गरेको हो । आज एक समारोहका विच राउण्ड टेबल १४ का अध्यक्ष विकास वर्मा, नेपाली युवा उद्यमी मञ्च चितवनका संस्थापक अध्यक्ष निर्देश सेढाईसहित क्लबका सदस्यहरुको उपस्थिितमा सेनिटाईजर चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुगंलाई हस्तान्तरण गरेका हुन् । महामारीको बेला आग्रपन्तीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीहरुमा पनि केहीलाई कोरोना संक्रमण भएको खबरले आहात भएकोले प्रहरीहरुको आफ्नो सुरक्षार्थ आग्रपन्तिक योद्धाहरुमा सलाम भन्ने नारासहित सहयोग गरिएको क्लबका अध्यक्ष बिकास वर्माले जानकारी दिए।








