सांकेतिक तस्विर
चितवन । पूर्वी चितवनमा आज बिहान एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुष व्यक्ति आज बिहान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले वगाएर ल्याएको जस्तो देखिने मंगोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका वडा नम्बर ७ सौराहाको घोलमा भेटिएको हो ।
घोलमा शब भेटिए संगै पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि बुढी राप्ती र कयर खोला आसपासका स्थानियलाई खवर गरिएको उहाँले बताउनुभयो ।








