काठमाडाैं । देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको तर धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको हो । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा आइतबार दिउँसो मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। आइतबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली (देशभर सामान्य देखि पूर्ण बदली) रहने महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाकाे पनि सम्भावना रहेको छ ।








