काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलाको एक हजार ३२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








