काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








