फाइल फोटो
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका नेपाली जहाज बिहिबार साँझ चीन जाने भएको छ ।
नेपाल वायुसेवा निगमको ३ वटा उडानबाट चीनियाँ खोप नेपाल ल्याईने भएको हो । विहिबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विहिबार साँझ गएको जहाज शुक्रबार फर्कने छ भने असार ३१ गते जाने जहाज साउन १ गते र साउन ७ गते जाने जहाजले साउन ८ गते खोप नेपाल भित्र्याउने जनाईएको छ ।
खोपका लागि नेपाल सरकार र चीनियाँ सरकारबीच सम्झौता भएको छ । ल्याईएको खोप ६० वर्ष मुनि उमेर समूहलाई चरणबद्ध रुपमा लगाईने छ ।








