काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








