चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ११ ले कोभिड(१९ लाई मध्यनजर गरि वडा भित्र ५०० जना सम्मलाई क्वारेन्टाइनमा राख्ने योजना सहित क्वारेन्टाइन स्थल निमार्ण थालेको छ । सोहि अनुरुप स्थानीय कमलादेवि मन्दिर परिसरमा १६ बेडको क्वारेन्टाइन स्थल तयार गरिएको वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । अब अन्य बेडहरु स्थानीय बिद्यालयहरुमा तयार गर्ने कार्य आरम्भ गरिने अधिकारीले बताउनुभयो । वडामा तयार भएको क्वारेन्टाइन स्थलको प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य बिजय सुवेदीले स्थलगत निरिक्षण समेत गर्नुभएको छ । क्वारेन्टाइन स्थल निर्माणकालागि नेकपा, नेपाली काङ्ग्रेसका वडाका अगुवा नेता कार्यकर्ता, सामाजिक संस्थाका अगुवा, युवा ,बिद्यार्थी जुटेका छन् । क्वारेन्टाइन प्रयोजनकालागि दुस्खको साथी नामक संस्थाका प्रतिनिधि देविका कुवरले आज १००० थान कपडाको मास्क वडाध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभयो । नेपाल पोलिटेक्निक कलेका बिद्यार्थीले सेनिटाईजर बनाएर सहयोग गरेका छन् । वडाका दलका प्रतिनिधिहरु, २८ वटा टोल सुधारका प्रतिनिधि सहितले छलफल गरि क्वारेन्टाइन तिव्र रुपमा बिस्तार गर्ने निर्णय भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भारत लगायत अन्य मुलुकहरुबाट आएकाको पहिचान गरि क्वारेन्टाइनमा पुर्याउने सहजिकरण गर्न युवा टोलि बनायर परिचालन थालिएको उहाले जानकारी दिनुभयो । कोेभिड (१९ को रोकथाममा सहयोग पुर्याउन अधिकारीले समस्त वडाबासिलाई आह्वान समेत गर्नुभएको छ ।








