हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानबाट दुईवटा ट्रकबाट २०९ किलो लागु औषधगाँजा सहित ३ जना पक्राउ परेका छन। मकवानपुर प्रहरीले पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत हेटौँडा-१५ रातोमाटेमा नियमित चेकिङका क्रममा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्वरको भरतीय ट्रकबाट १६९ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।
१६९ किलो गाँजासहित पक्राउ पर्नेहरुमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।
त्यसैगरी मकवानपुर प्रहरीको चेकिङ टोलीले नियमित चेकजाँचका क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीमा लागुऔषध बोकेको कन्टेनर ट्रक सहित १ जनालाई पक्राउ गरेको छ।
हेटौंडा आउदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर ट्रकलाई चेकजाँच गर्दा ४० किलो लागुऔषध गाँजासहित नुवाकोट बेलकोटगढी-४ बस्ने १९ बर्षीय ट्रकका सहचालक दिपक गुरुङलाई पक्राउ गरेको डिएसपी रिमालले बताएका छन।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका र कानुनी प्रकृया अघि बढाइएको जनाइएको छ।








