चितवन । नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पार्टीका सबै तहमा रहेर काम गरेका योद्धाको मुल्यांकन र सम्मान गर्ने बताउनुभएको छ ।स्वर्गिय प्रेम प्रसाद पाठक शर्माको सम्झनामा आज आयोजित शोक सभामा बोल्दै सभापति श्रेष्ठले यस्तो बताउनुभएको हो। भरतपुर महानगरपालिका वार्ड नम्बर ४ का जनप्रतिनिधि एबम कांग्रेस नेता स्वर्गीय पाठकले पार्टीलाई पुर्याउनु भएको योगदानको प्रशंम्सा गर्दै श्रेष्ठले उहाँ सहित अन्य सबै स्वर्गीय योद्धाको कांग्रेसले सम्मान र मुल्यांकन गर्नेछ भन्नुभयो ।शोकाकुल परिवारलाई सान्त्वना र हौसला दिदै श्रेष्ठले स्वर्गीय पाठकले अनुशरण गरेको लोकतान्त्रिक समाजबादको बाटोमा बिचलित नभई अघि बढ्न आग्रह गर्नुभयो ।छोटो समयमै वार्डमा सबैको प्रिय बन्नुभएका बिकास प्रेमी स्वर्गीय पाठक लामो समयदेखि नेपाल विद्यार्थी संघ तरुण दल हुदै कांग्रेस पार्टीमा कृयाशिल हुनुहुन्थ्यो । आन्द्राको अप्रेसन गरि उपचाररत ५७ बर्षिय पाठकको गएको जेठ ५ गते सोमबार चितवन मेडिकल कलेजमा निधन भएको थियोे ।








