काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








