काठमाडौं । नेपालमा थप ७२ जनामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भएको पुष्टि भएको छ । नयाँ थप भएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । नयाँ संक्रमित मध्य २६ जना रौतहट जिल्लाका र २३ जना बारा जिल्लाका रहेका छन् । त्यस्तै काठमाडौंका ३ धनुषाका ३ जना , कपिलवस्तुका ३ जना , सप्तरीका २ ,बर्दियाका १ , बाँकेका ४ , दैलेखका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








