भरतपुर । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको आज ६३ औँ दिन पुगेको छ । चितवनको मुख्य व्यापारीक केन्द्र ,नारायणगढ बजार,टाँडी बजार,पर्सा बजार,खुरखुरे,भण्डारा लगायतका स्थान लकडाउनमा सुनसान देखिएको छ ।
चितवनको नारायणगढ क्षेत्रमा लकडाउनलाइ कडाई गरिएको छ । नारायणगढ–बुटबल सडक, नारायणगढ–मुग्लिन सडक, नारायणगढ–हेटौंडा सडक खण्ड सुनसान देखिएका छन् ।
अत्यावश्यक सेवा र पास भएका सवारी मात्रै सडकमा देखिन्छ । दैनिक बिहान १० बजे देखि ४ बजेसम्म खोल्न मिल्ने अनुमती प्राप्त पसल खुलेपनि उपभोग्य सामग्री खरिद गर्न न्यून संख्यामा सर्वसाधारणहरु पसलमा देखिएका छन ।










