काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।
यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै , साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
र, कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ २०पैसा रहेको छ ।









