काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द रिजालले सर्वोच्च अदालतले संविधान मिच्नेलाई सजग गराउन खोजेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै नेता रिजालले भनेका छन्, ‘हरेक विवेकको मत दिने धारामाथि आक्रमण हुँदाखेरी, त्यहि विवेकमा अदालतले प्रधानमन्त्री नियुक्ती गरेको होइन ।
संविधान मिच्नेहरुलाई सजग गराउन अदालतको निर्णय गरको हो ।’ यस्तै, नेता रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनीसमेत दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ ।
समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ उनले स्मरण गराएका छन् ।








