काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले बधाईसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन ।’ यसअघि प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गरेका थिए ।








