चितवन । चितवनमा आज बेलुका आएको हावाहुरी सहितको पानीले गर्दा पुर्विचितवनमा विद्युत सेवा अबरुद्ध भएको छ । भरतपुरबाट पर्सा सव स्टेसनमा आउने मेन लाइनमा समस्या आएकाले पुर्वीचितवनको रत्ननगर , कालिका , खैरहनी र राप्ती क्षेत्रको विद्युत अवरुद्ध भएको हो । टिकौली जंगलको क्षेत्रमा समस्या भएको अनुमान गरिएको र समस्या पत्ता लगाउनको लागि प्राविधिक टोलि खटिएको नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका इन्जिनियर सन्जय गुप्ताले जानकारी दिए ।रातीको समय भएकोले समस्या आएको ठाउँ पहिचान गर्न समस्या परेको उनले बताए । त्यस्तै प्रारम्भिक जानकारी अनुसार पुर्विचितवन क्षेत्रमा हावाहुरीले एक दर्जन भन्दा बढी पोलमा क्षति पुगेको गुप्ताले बताए । पर्सा सव स्टेसनमा आपूर्ति हुने ३३ के भि लाइन सुचारु भएपछी मात्रै अन्य वितरण हुने फिडर क्षेत्रको कुन कुन स्थानमा समस्या रहेको पत्ता लाग्ने जनाइएको छ । टोलि फिल्डमा खटिरहेको तर कति बेलासम्म विद्युत सेवा सुचारू हुन्छ भनेर भन्न कठिन रहेको उनले बताए ।








