• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भरतपुर वडा नम्वर १० ले गर्यो महिला स्वास्थ्य स्वयंसेविकाका लागि साइकल हस्तान्तरण

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् । भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् ।

    भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल विकास संस्थाकी सचिव शान्ति घिमिरेले महिलाहरुले यहि अहिलेकै नेतृत्वलाई अझै एक कार्यकाल देख्न चाहेको बताइन् । नागरिकका जुनसुकै सानो भन्दा सानो समस्या पनि सहज रुपमा सुनुवाई गर्ने र सामान्य भन्दा सामान्य नागरिकले सहजै प्रमुख उपप्रमुख संग आफना कुरा राख्न सक्ने भएकाले यहि टिम नै आफुहरुले निरन्तरता चाहेको अगुवा महिलाहरु बताउछन् ।

    भरतपुर महानगर वडा नम्वर १० ले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका लागी आयोजित साईकल वितरण कार्यक्रममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाका तथा सामाजिक अगुवा महिलाहरुले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरे । भरतपुर महानगर १० नहर चोककी महिला स्वास्थ्य स्वयंसेविका सरस्वती रिमालले मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी र वडा अध्यक्ष एवं प्रवक्ता अरुण पीडित भण्डारी सहितको टिमले गरेको कामबाट आफुहरु धेरै खुसि भएको बताइन् ।

    महानगरले महानगरमा राष्ट्रिय गौरवका आयोजना देखि नगर विकास र नगरवासीको आर्थीक उन्नतीका लागि प्रयाप्त कामहरु गरेको र अहिले कोही नागरिकले असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ । वडाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नगरवासीको घरदैलोमा जान सहजताका लागि साइकल वितरण गरेर आफुहरुलाइ थप उर्जा प्रदान गरेको भन्दै महानगर र वडा कार्यलय प्रति आभार प्रकट गरिन् ।

    भरतपुर महानगरपालिका वडा नम्वर १० ले १० मा कार्यरत १३ जना महिल स्वास्थ्य स्वयंसेविकाका सहित कार्यालयमा कार्यरत दुई जना कर्मचारी टंक पन्थी र खडानन्द उपाध्यायलाई साइकल प्रदान गरेर सम्मान गरेको हो ।

    नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानु पर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेट बाट उनीहरुका लागि साइकल प्रदान गरिएको वडा अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए । वडामा एक कायक्रम गरि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी र वडा अध्यक्ष भण्डारीले साइकल हस्तान्तरण गरेका हुन् ।

    हरेक समय नागरिकको साथमा छौ : मेयर दाहाल

    महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि बडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

    आफुहरु रात दिन नभनी जनताको सेवामा निरन्तर खटिएको र बोलेर भन्दा पनि आफुहरुले गरेको कामबाट आएको परिणामबाट आम नागरिकले मुल्याङ्कन गरेको उनको भनाई छ । मेयर दाहालले आफुहरुले महानगर वासीको विकासको चाहाना पुरा गर्दै देशकै गौरव गर्न लाएक महानगर बनाउने अभियानमा निरन्तर लागि रहेकोे पनि बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाको लागि चाडपर्व भत्ता प्रदान गर्ने देखि अन्य आवश्यक चिजहरु उपलब्ध गराउन आफुहरु तयार रहेको पनि बताइन् ।

    समुन्नत महानगर बनाउने हाम्रो अभियान हो: उपमेयर ठकुरी

    उपमेयर पार्वती शाह ठकुरीले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरिन् । आफुहरु अहिले सम्म निस्वार्थ भावनाले निरन्तर समुन्नत महानगर बनाउने अभियानमा सक्रिय भएको र कोही पनि नागरिकले गुनासो रहने ठाउँ नराखी काम गर्ने दाबी गरिन् ।

    महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि वडाबाट, महानगरबाट सबै तिरबाट आफुहरुले सहयोगका कार्यक्रम अगाडी बढाएको पनि बताइन् ।

    म साडी नलाएको स्वयंसेविका हु: प्रवक्ता भण्डारी

    कार्यक्रममा प्रवक्ता भण्डारीले आफु साडी नलगाएको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको आत्मबल बनाउने प्रयत्न गरे ।

    महिला स्वास्थ्य स्वयंसेविकाले गरेको र भोगेको दुख आफुलाई थाहा भएको बताउदै भण्डारीले आफु पनि स्वयंसेविका भएको तर साडी मात्रै नलगाएको बताएपछी एक छिन माहोल निकै रमाईलो समेत बन्यो ।

    भण्डारीले महानगरको विकासमा महानगर प्रमुख दाहाल सहित आफुहरुको टिम निरन्तर लागेको र महानगरमा विकासले फड्को मारेको दावी गरे । अझै १ वर्षमा महानगरमा धेरै विकास हुने उनको भनाई छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.