हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ संगमचोकबाट ५ किलो ७५० ग्राम अफिमसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्वर ५ बस्ने रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्का र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा खटिएको प्रहरी टोलीले लागू औषधअफिमसहित भुलुनलाई पक्राउ गरेको हो ।
भुलुनलाई विशेष सूचनाको आधारमा उक्त पदार्थ कारोबार गरिरहेको अवस्थामा संगमचोकबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरिक्षक (डिएसपी) खड्काले जानकारी दिए । शंकास्पद अवस्था हिडिरहेका भुलुनले बोेकेको झोला चेकजाँच गर्दा उक्त झोला भित्र सेतो रंग र रातो रंगको २ वटा पोलेथिनको झोलाभित्र पोका पारी राखेको अवस्थामा सो परिणामको लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।
पक्राउ परेका बुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।








