• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरद्वारा किसानलाई दूधमा रु ३ अनुदान

  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु ३ पु¥याइएको उनको भनाइ छ । उनले भने, “यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन् ।”

    हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा रु एक करोड ५८ लाख १५ हजार ८४४ अनुदान दिइएको छ । चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् ।

    अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो । प्रमुख दाहालले भने, “नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन शुरु गरेका हौं ।” भरतपुर महानगरपालिका देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उनको भनाइ छ । यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ ।

    केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन रु पाँच करोड १० लाख विनियोजन गरिएको उनले जानकारी दिए । भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैँसीका व्यावसायिक फार्म छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि रु एक करोड ७० लाख रकम विनियोजन गरेको उनले बताए ।

    महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ । सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उनको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताए । उनका अनुसार एउटै सहकारीले रु १९ लाख दुई हजार ११० सम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ ।

    भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागार्इंले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताए । उनले भने, “हामी थप अनुदान पाउने भएपछि अत्याधिक लाभान्वित हुने छौँ ।” किसानका समस्यालाई बुझेर महानगरपालिकाले अनुदान थप गरेको भन्दै उनले यससँगै पशु पाल्ने किसानको सङ्ख्या थप हुने अपेक्षा गरिएको बताए ।

    गाई भैँसी पाल्न सहुलियत महानगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्दै आएको छ । महामहानगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको छ । यहाँ उत्पादन भएको दूध जिल्लासहित काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, मकवानपुरलगायतका जिल्लामा जाने गर्दछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.