चितवन । भरतपुर महानगरपालिकाले प्रतिलिटर दुधमा रु ३ अनुदान दिने भएको छ । गएका दुई वर्ष प्रतिलिटर रु १ अनुदान दिदै आएकोमा यस आर्थिक वर्षमा प्रतिलिटर रु २ वढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दुधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उदेश्यले अनुदान थप वढाईएको हो ।
यसबाट कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन वढ्ने महानगरले लक्ष्य लिएको छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्धेश्यले क्रमश वृद्धि गरि प्रतिलिटर रु ३ पु¥याईएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “यसबाट प्रत्यक्ष रुपमा कृषकले लाभ पाउँछन् ।” हाल सम्म सहकारीहरु मार्फत अनुदान दिदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको दाहालको भनाई छ । यसबाट महानगर भित्रका १० लाख भन्दा वढि कृषक प्रत्यक्ष लाभान्वित हुने छन् ।
दाहालका अनुसार गत आर्थिक वर्षमा दुधमा रु १ करोड ५८ लाख १५ हजार ८ सय ४४ अनुदान दिइएको छ । ४४ वटा सहकारी, ५ वटा फार्म र एक समुहले अनुदान पाएका हुन । अघिल्लो आर्थिक वर्षमा रु १ करोड ६२ लाख ६१ हजार ५ सय ८७ अनुदान दिईएको थियो । महानगरपालिकामा जनप्रतिनिधि आए संगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम सुरु गरिएको थियो । दाहालले भन्नुभयो “नेपालमानै हामीले पहिलो पटक दुधमा अनुदान दिन सुरु गरेका हौं ।”
भरतपुर महानगर देशभरका ७ सय ५३ पालिकामा सबैभन्दा वढि दुध उत्पादन हुने पालिका भएको उहाँको भनाई छ । यहाँ दैनिक १ लाख लिटर हाराहारी दुध उत्पादन हुने तथ्याङ्क रहेको छ । केही वर्ष अघि गरिएको सर्वेक्षणमा बार्षिक ३ करोड ३२ लाख लिटर दुध उत्पादन हुने गरेको तथ्याङ्क संकलन भएको थियो । यस आर्थिक वर्षमा दुधमा अनुदान दिन रु ५ करोड १० लाख विनियोजन गरिएको दाहालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षि व्यवसाय प्रबर्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगर भित्र १ सय ५६ वटा गाई र १५ वटा भैसीका व्यवसायीक फार्म रहेका छन् ।
उहाँका अनुसार महानगरले गत आर्थिक वर्षमा अनुदानका लागि रु १ करोड ७० लाख रकम विनियोजन गरेको थियो । महानगरले कार्यबिधि वनाएर अनुदान दिदैं आएको छ । सहकारी संस्थामा दुध बिक्रि गर्ने कृषकलाई सहकारी मार्फत समन्वय गरेर अनुदान दिईएको उहाँले बताउनुभयो । निजीको हकमा दुग्ध बिकास संस्थानमा दुध वेचेको प्रमाणीत अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि बिनियोजन गर्ने भरतपुर पहिलो भएको बताउनुभयो ।
उहाँका अनुसार एउटै सहकारीले रु १९ लाख २ हजार १ सय १० सम्म अनुदान पाएर कृषकलाई बितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा वढि अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागाईले अनुदान वढाइएसंगै सबै कृषक थप लाभान्वित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी थप अनुदान पाउने भए पछि अत्याधिक लाभान्वित हुने छौ ।” किसानका समस्यालाई बुझेर महानगरले अनुदान थप गरेको भन्दै उहाँले यस संगै पशु पाल्ने कृषकको संख्या थप हुने अपेक्षा गरिएको बताउनुभयो । भरतपुर महानगरले पशुपालक कृषकलाई गोठ सुधार, फार्म आधुनिकिकरण कार्यक्रम, यन्त्र उपकरण बितरण लगाएतका क्षेत्रमा दुग्ध उत्पादक कृषकलाई अनुदान दिदैं आएको छ ।
यहाँ उत्पादन भएको दुध जिल्ला सहित काठमाडौं, पोखरा, गोरखा, लम्जुङ्, मकवानपुर लगाएतका जिल्लामा जाने गर्दछ ।








