काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य स्थिर छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








