काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेको नौं दिन बित्दा सम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धन दल जसपाको विवाद निर्वाचन आयोगले हिजोमात्र छिनोफानो गरेको छ ।
अब चाडै जसपा पनि सरकारमा सहभागी हुने भएको छ । आज देउवा प्रचण्डबीच भेटहुँदा कुनदलबाट कति संख्यामा मन्त्री हुने भन्नेबारेमा पनि छलफल भएकोे बुझिएको छ ।








