नवलपुर । देवचुली नगरपालिकामा फेरी अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । देवचुली वडा नम्बर १ का १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो । यहि जेष्ठ १० गते भारतको हरिद्धाराबाट धनगढि हुदै उनि देवचुली आएका थिए । वडामा आए लगतै उनलाई क्वारेन्टीनका लागि नजिक रहेको जनज्योती नमुना मा विमा राखिएको र कोरोना संग मिल्ने सामान्य लक्षण देखिन थाले पछि स्वाब परिक्षणका लागि भरतपुर कोरोना उपचार अस्पतालमा पठाइएको र कोरोना पोजेटिभ देखिएको देवचुली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारीले जानकारी दिए । उनलाई भरतपुरको कोरोना उपचार अस्पतालमा लगिएको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । यो संगै देवचुलीमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।








