काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाला सुन ९२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।








