काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ श्रावण १५ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।








