साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ।
हिजो पनि तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।








