• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महिनावारी स्वास्थ मात्र होइन प्रजनन् अधिकारको रुपमा बहस गरिनुपर्छ

  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आज विश्व मर्यादित महिनावारी स्वच्छता दिवस ।महिनावारीमा महिलाका लागि स्वास्थ्य सुविधाको व्यवस्था र यससम्बन्धी गलत धारणा हटाउने लक्ष्यका साथ उफ दिवस मनाउने गरिन्छ।संयुक्त राष्ट्र संघले ‘लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक बाधक हो’ भनेर सन् २०१४ मा घोषणा गरेपछि यस विषयले थोरै भएपनि ठाउँ पाएको हो। नेपालले भने सन् २०१५ देखि योदिवस मनाउन थालेको हो । महिनावारी हुनु महिलाका लागि नियमित चक्र भएपनि अहिलेको २१ औँ शताब्दीमा पनि समाजले यसलाई अछुत व्यवहार गर्ने गरेको छ । आज हामीले महिनावारीको बिषयमा छलपल गरेका छौं।

    भरतपुर अस्पतालकी स्त्री रोग विशेषज्ञ डा निर्मला लक्ष्मी श्रेष्ठले महिनावारी शारीरिक परिवर्तनमध्येको एउटा परिवर्तन रहेको बताउँछिन्। साधारणरुपमा महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुने गर्दछ । कसैकसैमा ९–१० वर्षमा पनि महिनावारी सुरु हुने गर्दछ यसलाई साधारण नै मानिन्छ । महिनावारीलाई खानपान, हावापानी र जीवनशैलीले पनि प्रभाव पार्ने उनी बताउँछिन् ।

    महिनावारी तलमाथि हुनु भनेको शरीरमा रहेको हर्मोनमा आउने परिवर्तनका कारणले भएको उनको भनाइ छ । महिनावारी भएको समय आफ्नो स्वास्थ्यमा ध्यान नदिन सके त्यसले दिर्घकालीन समस्याहरु निम्त्याउने डा. श्रेष्ठले बताउँछिन् ।’महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो तर कुनै महिलालाई निरन्तर पेट दुखिरहन्छ भने उपचारको अर्को बाटो नै रोजेर महिला विशेषज्ञसँग परामर्श लिनुपर्छ,’ डाक्टर श्रेष्ठ भन्छिन्,’महिनावारीको दौरान महिलाहरुले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् । महिनावारीको खुलेर कुरा गर्न सके स्वास्थ्यमा पार्ने असरबाट बेलैमा बच्न सकिन्छ।महिनावारी महिलामाहुने शारीरिक परिवर्तनमध्येको एक हो यसलाई श्रापको रुपमा बुझ्न हुँदैन्।’

    त्यस्तै महिला अधिकारकर्मी मिना खरेल मानव जीवनको प्रारम्भ नै महिनावारीसँग जोडिएको बताउँछिन्। महिलामा हुने महिनावारीलाई सामान्य कुरा हो भनेर बुझिदिने हो भने महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुने उनको भनाइ छ।

    ‘उनले महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सबैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको हो,’ उनले भनिन्, ‘समाज हिजो भन्दा अहिले अलि उदार हुँदै गएको छ । कुनै समय अति छुवाछुतको रुपमा हेरिने महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर विस्तारै बुझ्न थालेका छन् र समाजको बुझाईसँगै महिनावारीको बेला महिलाले झेल्नुपर्ने समस्या पनि कम हुँदै गएको छ ।’

    उनले मर्यादित महिनावारी जातीय, क्षेत्रीय, धार्मिक आयोजना भन्दा माथि उठेर सबैले घर घरबाट मर्यादित महिनावारीको बारेमा बोल्न सके हाम्रा आमा, दिदीबहिनीअपमानित भएर बाँच्ने दिनको अन्त्य गर्न सकिने बताइन् ।’महिनावारी बार्ने प्रचलनले महिलालाई अझै कमजोर बनाइरहेको छ, यसको अन्त्य नहुँदासम्म महिला र पुरुष समान हुन सक्दैनन्,’खरेल भन्छिन्,’महिनावारीसँग जोडिएको तथ्यलाई अग्रपंतिमा राखेर स्वास्थ्य,सरसफाई र मानव अधिकारलाईसँगै बहसमा ल्याउन सकियो भने मात्रै महिनावारीलाई मर्यादित बनाउन सकिन्छ ।’

    किशोरी प्रतिक्षा मिश्रा अहिलेसम्म महिनावारीलाई स्वास्थ्य तथा सरसफाईकोआखाँबाटमात्रै बहस गरिदैँ आएको भन्दै प्रजनन् अधिकारको रुपमा बहस गर्नुपर्ने बताउँछिन् । ‘जब हामीले महिनावारीलाई स्वास्थ्य र सरसफाईमा मात्रै सिमित नरहेर मानव अधिकारको आखाँबाट हेर्न सुरु गछौँ तब मात्रै महिनावारीलाई मर्यादित बनाउन सकिन्छ,’ उनले भनिन्, ‘महिनावारी र महिला स्वास्थको कुरालाई स्कुल शिक्षाबाटै अझ प्रभावकारी बनाउन आवश्यक छ । पछिल्लो समय लागूभएको ‘स्कुल नर्स’ यो समस्याको समाधानका लागि एउटा महत्वपूर्ण बाटो बन्न सक्छ।’

    ‘अब हामीलेबोल्ने बेला आएको छ । यो मुद्दा महिलाको मात्र नभई समाजको हो, घरका बुवा आमाहरुको हो,  हाम्रा दाजु–भाईहरुको पनि हो भनेर सोच्ने बेला आएको छ,’ उनी सचेत सुनिन्छिन्, ‘महिनावारी स्वच्छता व्यवस्थापनको बिषयमा अहिलेसम्म विद्यालय तहको पाठ्यपुस्तकमा राम्रोसँग नसमेटिएको र समयको माग अनुसार समेट्दै जानुपर्छ।’

    कक्षा ७ र ८ मा महिनावारी स्वच्छता सम्बन्धीको पाठ्यांश समेटिएको भए पनि महिनावारी सम्बन्धी विस्तृत रुपमा नसमेटिएको उनको गुनासो छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.