काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल बाहेककालाई पार्टीमा फर्कन आवहान गरेका छन् ।
उनले बाटो बिराएकाहरु पार्टीमा फर्किन सक्ने तर माधव नेपालले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने कार्य गरेकाले उनलाई भने पार्टीमा ठाउँ नभएको बताए ।
शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । विघटित कार्यदलका एक सदस्यले भने पार्टी एकता गराउन दुबैपक्षका नेताहरु लागि परेकै अवस्थामा अध्यक्ष ओलीको यस्तो भनाई आउनु दुखद रहेको बताएका छन् ।








