सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।








