नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा १४ जेठमा बुधबार शिशिर गुप्ताद्वारा लिखित In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘मा १५ जेठमा बिहीबार अक्षय नराङ्गद्वारा लिखित समाचार भ्रामक र काल्पनिक रहेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो । बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो ।नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ ।









