काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। सोमबार ९१ हजार ८०० रुपैयाँ कायम भएको तेजाबी सुन सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।








