काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९२ हजार रुपैँया कायम गरिएको छ ।
बुधबार पनि सुनको मूल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७५ रुपैँया सोही मूल्य कायम भएको छ ।








