काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार २५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भैरहेको छ ।








