काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको टिप्प्णी गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र देशको संविधानलाई समातेर थप ६ महिना बढाइएको गुनासो गरेका हुन् ।
महाधिवेशन गर्न नसक्नुमा सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाही भएको पौडेलको आरोप छ। त्यस्तै, सभापति देउवालाई इंगित गर्दै उनले सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् । यो देशकै विडम्बना भएको उनको भनाई छ । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो ।
देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’ उनले भनेका छन्, ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’








