काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्य सोमबार १ हजारले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।








