लुम्बिनी । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । जसपाबाट पार्टी नीति विपरित नेकपा एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्न सदनको विशेष अधिवेशनको बैठक बस्ने अघिल्लो दिन उनले राजीनामा दिएका छन् । अधिवेशनको बैठक आज बस्दैछ । गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयसँगै विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो ।
त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको पाण्डेयले बताएका छन् । अन्य भने पोखरेल नेतृत्वको सरकारमै रहेका छन् ।








