मकवानपुर । मातपोत कार्यालय मकवानपुर आइतबारदेखि एक हप्ता बन्द हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आगामी साउन ३१ गते आइतबारबाट एक हप्ता बन्द हुने भएको मालपोत कार्यालय हेटौंडाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा मालपोत कार्यालयमा भिडभाड हुने भएकोले बन्द गर्न भनिएकोमा आज एक सूचना जारी गर्दै एक हप्ता बन्द हुने जानकारी गराएको हो ।
यस्तै, आइतबारदेखि नापी कार्यालय हेटौंडा पनि एक हप्ताका लागि बन्द हुने भएको प्रमुख जिल्ला अधिकारी भरतपणि पाण्डेले जानकारी दिए ।








