काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा यो संगै संक्रमित संख्या १५६७ पुगेको छ । आज थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । जसमध्ये पुरुष १४५० र महिला ११७ जना छन् । निको हुनेको संख्या २ सय २० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए। आज थप एक जना संक्रमित निको भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो।








