काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न कर्जा सुविधालाई समुन्नत बनाएको छ । राष्ट्र बैंकले स्वरोजगार मूलक व्यवसायमा जाने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न कर्जामा राखेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने बताए
। त्यस्तै, महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।
वास्तविक कृषि व्यवसायीलाई रु २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।








