काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा सोमबार तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।








