काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।








