काठमाडौँ । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शितल निवासमा पुगेको छ ।
उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी गर्ने तयारी गरेकी छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याएको बुझिएको छ । अहिले एमाले र जसपा दुवै पार्टीमा किचलो छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ पार्टी खोल्ने आन्तरिक तयारीमा छन् ।
अध्यादेशले उनीहरुको केन्द्रीय समितिको सदस्य संख्यामा सहज पुर्याउने बताइएको छ ।








