काठमाडौं । नेपालमा थप २२६ जनामा कोरोन संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् ।उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यस्तै, आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन् ।








